Comments Add Comment

मदिरा उत्पादन गर्ने १३ वटा भट्टी नष्ट

८ पुस, रौतहट । प्रहरीले रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने १३ वटा भट्टी नष्ट गरेको छ । २ हजार लिटर मदिरासमेत बरामद भएको छ ।

madira
फाइल तस्वीर

ईलाका प्रहरी कार्यालय चन्द्रनिगापुर र सशस्त्र प्रहरी बल बेशक्याम्प सन्तपुरको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर नगरपालिका-४ मिलन टोल र राइटोलमा अबैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने १३ वटा भट्टी नष्ट गरेको हो ।

सो स्थानबाट तयारी घरेलु मदिरा २ हजार लिटर, कच्चा पदार्थ २ हजार लिटर, सिल्बरको ड्रम २५ वटा, प्लाष्टिकको ड्रम २५ वटा र प्लाष्टिकको ग्यालेन ३५ वटा बरामद गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment