Comments Add Comment

प्रधानसेनापति क्षेत्री पूर्वी पृतनाको भ्रमणमा

Rajendra-Chhetri
प्रधानसेनापति राजेन्द्र क्षेत्री । फाइल तस्वीर

८ पुस, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गतका युनिटहरुको भ्रमणमा निस्किएका छन् । शुक्रबार संखुवासभा जिल्लाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ भिमकाली गुल्मको क्षेत्रीले निरीक्षण भ्रमण गरेका छन् ।

सोक्रममा प्रधान सेनापति क्षत्रीले गुल्मको बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले राष्ट्रिय निकुञ्ज सुरक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढंगले काम गर्न निर्देशनसमेत दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति क्षत्री विराटनगर रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन समारोहमा सहभागी भएर इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा बास बस्ने छन् ।

उनले शनिबार पाँचथर जिल्लाको फिदिमस्थित भैरवीदल गण र भोजपुर जिल्लास्थित रणबम गणको निरीक्षण भ्रमण गरी काठमाडौं फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment