+
+

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, चालक दलका केही सदस्य भने विमानमै

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ८ गते १९:१४

hijacked-libyan-plane

८ पुस, काठमाडौं । ८ पुस, काठमाडौं । अपहरणमा परेको लिबियाको एक बिमानमा रहेका सबै यात्रु रिहा भएका छन् । अहिले विमानमा दुई अपहरणकारी र केही चालक दलका सदस्य रहेका छन् ।

११८ यात्रु सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरण गरेर माल्टामा अवतरण गरिएको थियो । लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले ।

माल्टा सरकारले अपहरणकारीसँग वार्ता थालेको थियो । त्यसक्रममा सुरुमा महिला र बालबालिका रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले सबै यात्रु रिहा भएको जानकारी दिएका छ्न ।

समाचारहरुमा जनाइएअनुसार अपहरणकारीसँग अहिले पनि कुराकानी भइरहेको छ । तर, अपहरणकारीले के माग राखेका छन् भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?