Comments Add Comment

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, अपहरणकारीले आत्मसमर्पण गरे

hijacked-libyan-plane

८ पुस, काठमाडौं । अपहरणमा परेको लिबियन एक विमानका सबै सबै यात्रु शकुशल रिहा भएका छन् । दुई अपहरणकारीले भने माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।

चालक दलका सदस्यसहित ११८ जना सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । र, अपहरणको आशंका गरिएको विमान माल्टा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।

तर, अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले । माल्टा सरकारले अपहरणकारीसँग वार्ता थाल्यो । त्यसक्रममा अपहरणकारीले यात्रुहरुलाई क्रमशः रिहा गरे ।

सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । र, सबै यात्रुसहित चालक दलका केही सदस्य रिहा भए ।

अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । तर, उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा यात्रुहरुलाई छाडियो खुलेन ।

तर, केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । तर, अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए ।

अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment