+
+

रसुवागढी नाकामा एक्सरे यन्त्रको खाँचो

रासस रासस
२०७३ पुष ९ गते १०:४५

Nepali Tanker Rasuwagadi (1)
९ पुस, रसुवा। नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि भएसँगै रसुवागढी नाकामा सामान परीक्षण गर्ने एक्सरे यन्त्र आवश्यक भएको छ ।

जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार सवारीसामानको चाप बढेसँगै गैरकानुनी सामग्री समेत भित्रिन थालेकाले रसुवागढी, मितेरी पुल नजिक आफ्नो भूभागमा सामान परीक्षण गर्ने उपकरण (एक्सरे) राख्न अति आवश्यक भएकाले आफ्नो तालुक विभागमा उपकरण माग गर्ने प्रक्रिया अगाडि बताइएको छ ।

सुरक्षा निकायले परीक्षण गर्दा ढिला भएको र भन्झट पाएको गुनासा बढ्न थालेको छ । सवारी सामानको नट खोलेर भित्री भागमा समेत कानुनले निषेध गरेका अवैध सामग्री राखी नेपाल भित्र्याउने क्रियाकलाप भेटिएकाले सुरक्षाकर्मीका साथै एक्सरे यन्त्रद्वारा सामान जाँच र सवारी साधनको परीक्षणमा कडाइ गर्न आवश्यक भएको प्रहरी प्रमुख प्रसाईंले बताए ।

विशेष निगरानी र सुराकीका आधारमा यही पुस ६ गते मोटरसाइकलको फिल्टरभित्र अवैध रुपमा चीनबाट ल्याइएको दुई करोड २३ लाख ६० हजार बराबरको पाँच किलो सुन फेला परेपछि प्रहरीले सवारी साधनमा विशेष निगरानी बढाएको छ । प्रहरीले मोटरसाइकलका चार नट खोलेपछि सुन फेला परेको थियो ।

तीन वर्ष अगाडि पनि चीनको केरुङतर्फ लाने क्रममा कन्टेनरको फल्स बटनबाट ठूलो परिमाणमा रक्तचन्दन बरामद गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?