+
+

एक महिनाभित्र फाष्ट ट्रयाक निर्माण प्रक्रिया अघि बढाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ९ गते १९:५७

Fast_Track
९ पुस, काठमाडौं । सरकारले एक महिनाभित्र काठमाडौं-तराई द्रुत मार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । त्यसका लागि सरकारले आधार तयार भइसकेको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शनिबार रिर्पोर्टस् क्लवले गरेको कार्यक्रममा मन्त्री लेखकले दु्रत मार्ग निर्माणका लागि डिपीआर, वित्तिय व्यवस्थापन र टेण्डर प्रक्रियाका बारेमा कार्यदलले दिएको सुझावका आधारमा निर्माण प्रक्रिया अघि बढ्ने बताए ।

सरकारले केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा दु्रत मार्ग निर्माण अध्ययन समिति गठन गरेको थियो । समितिले सरकारले आफैं निर्माण गर्ने भनिएको दु्रत मार्ग निर्माण प्रक्रियाका लागि डिपीआर, आर्थिक व्यवस्थापन र टेन्डर प्रक्रियाका बारेमा सुझाव दिने छ ।

सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाइसकेको भन्दै मन्त्री लेखकले ७ सय किलोमिटरका १५ वटा सडक निर्माणको लागि ८० प्रतिशत ठेक्काको काम भइसकेको जानकारी दिए ।

उनले उत्तरी चीन र दक्षिणी भारतको सिमा जोड्ने सडक सञ्जाल बिस्तार गर्न सके चीन र भारतको व्यापारीक र पारवाहन सम्बन्धबाट नेपालले प्रसस्त फाइदा लिन सक्ने बताए ।

मन्त्री लेखकले यातायात व्यवस्थाको सुधारको लागि आफूले चालकले लिन लाइसेन्समा देखिएको समस्या समाधान गरेको दावी गरे ।

उनले विभागले अनलाइमार्फत् फारम भरेर लाइसेन्स लिने व्यवस्था गरेको बताउनुभयो । मन्त्री लेखकले काठमाडौं उपत्यकाका थप तीन स्थानमा यातायात कार्यालय स्थापना गरेर सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स लिने व्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?