+
+

कविता: ताजमहल र मेरो प्रेम

सुमन पोखरेल सुमन पोखरेल
२०७३ पुष ९ गते १६:२८

suman-pokharel

 

 

 

 

 

 

 

 

सारा यौवन
छातीमा यौटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।

फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो ।
अनुरागका गहिराइहरुमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङले कोरुँ भइरहेकै हो ।

उभिएर आज
यो ताजमहल अगाडि;
सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरु,
प्रेमको उँचाइलाई छोएर मदहोश बतास्सिएका हावाका गुच्छाहरु,
परिक्रमरत द्रष्टाहरुका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरु

आफ्नै मनभित्र छचल्किरहेका
रङ्गीन अनुभूतिका सुवासित मादकतामा लट्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।

यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
वा सम्झिरहेछु आफैंलाई ?
भ्रमित छु
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर ।

शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो ।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो ।

कमसे कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।

(‘जीवनको छेउबाटसाभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?