+
+

व्यापार घाटाको वृद्धिदर शतप्रतिशत नजिक, चार महिनामै नाघ्यो २७७ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १०:१३

Trade१० पुस, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामै व्यापार घाटा २ खर्ब ७७ अर्ब नाघेको छ । पुरानै पदचाप पछ्याउँदै कुल वस्तु व्यापार घाटा ९७.९ प्रतिशतले बढेको हो । आयत निर्यातभन्दा निकै ठूलो हुँदा नेपालको ब्यापार घाटाको वृद्धिदर शतप्रतिशत नजिक पुगेको हो ।

विदेशबाट हुने आयातभन्दा निर्यात कम हुँदा हुने नोक्सानीलाई ब्यापार घाटा भनिन्छ । अहिले यस्तो ब्यापार घाटा २ खर्ब ७७ अर्ब १३ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले घटेको थियो ।

निर्यात थोरै बढ्यो

यो वर्षको कात्तिक महिनासम्ममा कुल वस्तु निर्यात १७ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा २४ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्फ २३.२ प्रतिशतले बढेको छ भने चीनतर्फ ३६.६ प्रतिशतले निर्यात दर वृेद्धि भएको छ ।

चार महिनाको अवधिमा भारतबाट भएको आयात १०६.१ प्रतिशतले बढेको छ । चीनबाट हुने आयात पनि ७२.७ प्रतिशतले वृद्धि भएको छ । र अन्य मुलुकबाट भएको आयात ५३.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ

कात्तिकसम्म अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा जुस, जुटका सामान, जुत्ता तथा चप्पल, रोजिन, पिना, दाल लगायतका वस्तुको निर्यात बढेको छ ।
अलँैची, तयारी पोसाक, जिंक सिट, तरकारी, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आयात बढेको बढ्यै

यो समीक्षा अवधिमा कुल वस्तु आयात भने ८७.४ प्रतिशतले बढेको छ । चार महिनामै ३ खर्ब १ अर्ब ६६ करोड रुपैयाँ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६.८ प्रतिशतले घटेको थियो । गतवर्ष नाकाबन्दीका कारण पनि आयत दर प्रभावित भएको थियो ।

चार महिनाको अवधिमा भारतबाट भएको आयात १०६.१ प्रतिशतले बढेको छ । चीनबाट हुने आयात पनि ७२.७ प्रतिशतले वृद्धि भएको छ । र अन्य मुलुकबाट भएको आयात ५३.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, एम.एस विलेट, अन्य मेशिनरी तथा पार्टपूर्जा, संचारका उपकरण तथा पार्ट्स, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका उपकरण, कोल्डरोल सिट इन क्वाईल, चाँदी, सुपारी, तयारी पोशाक, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र सुख्खा बन्दरगाहा भन्सार कार्यालय नाकाहरुबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, आयाततर्फ चार महिने अवधिमा कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

निर्यात-आयात अनुपात कति ?

तर, समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पहिलो चार महिनामा यस्तो अनुपात १३ प्रतिशत रहेको थियो । निर्यात आयात मूल्य सूचकांक भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वाषिर्क बिन्दुगत आधारमा १२.८ प्रतिशतल्ो वृद्धि भएको छ ।

तर, आयात मूल्य सूचकांकमा ०.२ प्रतिशतले कमी आएकोले व्यापारको सर्तमा १३.१ प्रतिशतले सुधार भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १८.१ प्रतिशतले बढेको थियो । अदुवा, कार्पेट, रुद्राक्ष, दाल, पोलिष्टर धागोको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको हो ।

सुपारी, जुटका सामान, पेट्रोलियम पदार्थ, एमएस बिलेट आयातित मूल्यमा कमी आएको कारण आयात मूल्य सूचकांकमा कमी आएको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?