Comments Add Comment

गुगलले ल्याउँदैछ दुई स्मार्ट घडी

google-playमहिनौँदेखि चलिरहेका अड्कलबाजीमा पूर्णविराम लगाउँदै गुगलले दुई नयाँ स्मार्टवाच बजारमा ल्याउन लागेको आधिकारिक रुपमा पुष्टि गरेको छ ।

सन् २०१७ को सुरुवातमै गुगलले आफ्ना दुई नयाँ स्मार्टवाच लञ्च गर्ने गुगलले जनाएको छ । एन्ड्रोइड वेयरका लागि गुगलका प्रडक्ट म्यानेजर जेफ च्यांगले द भर्जलाई दिएको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् । उनका अनुसार गुगलका नयाँ स्मार्टवाच एन्ड्रोइड वेयर २ मा चल्नेछन् । अर्थात् एन्ड्रोइड वेयर टूयुक्त यी पहिलो स्मार्ट घडी हुनेछन् ।

उनका अनुसार स्मार्टवाचमा पिक्सल वा गुगलको ब्रान्डिंग हुने छैन । घडी बनाउने कम्पनी ओ इ एम को नाम ती स्मार्टवाचमा राखिनेछ । अनौठो कुरा के भने गुगलले केही समय पहिले पिक्सल स्मार्टफोनबाट ओइएमको ब्रान्डिंग हटाएको थियो । पिक्सल स्मार्टफोन एचटिसीको सहयोगमा बनाइएको भएपनि यसको ब्याकसाइडमा गुगलको लोग बनाइएको छ ।

गुगलले आफ्नो नयाँ स्मार्टफोन निर्माणकेा जिम्मा मोटोरोला, एलजी वा सामसुंगमध्ये एक कम्पनीलाई दिनसक्ने अनुमान गरएको छ । सन् २०१७ को कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोका बेला स्मार्टवाचका लागि कुन कम्पनीसँग सहकार्य हुनेछ भन्ने कुराको खुलासा गरिने च्यांगले बनाएका छन् । सिइएस आउँदो जनवरी ५ देखि ८ सम्म अमेरिकको लस भेगासमा हुनेछ ।

अड्कलबाजीहरुका अनुसार स्मार्टवाच अलग-अलग साइजमा आउनेछन् । साथै महिला र पुरुषका लागि पनि फरक फरक डिजाइनमा हुनेछन् । साथै यी स्मार्टवाचमा यस्ता केही एप्स पनि हुनेछन् जसलाई प्रयोग गर्न स्मार्टफोनको आवश्यकता पर्नेछैन । पिक्सेल स्मार्टफोनमा जस्तै एन्ड्रोइन पे र गुगल भ्वाइस असिस्टेन्ट पनि गुगलका नयाँ स्मार्टवाचमा हुने बताइएको छ । एजेन्सीकाे सहयाेगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment