+
+

विभत्स रुपमा जन्मेकी बालिकालाई भिक्षुले जिम्मा लिए

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १२:११

काठमाडौं । आँखा नदेख्ने र खप्पर नभएकी एक बालिकालाई क्रिसमसको पूर्वसन्ध्यामा एक दयालु बौद्ध भिक्षुले जिम्मा लिएका छन् ।

disabled-girl-is-cared-for-by-monksथाइल्याण्डको सायाबुरीमा जन्मेकी बालिका नुराफैहाको विभत्स तस्बिर सामाजिक सञ्जालमा फैलिएको थियो ।

आठ महिनाकी नुराफैहा आफैं दूध पिउन पनि सक्दिनन् । उनलाई पाइपको सहायताले दूध खुवाइन्छ ।

नुराफैहाको परिवारका अन्य चार बालकालिकाहरु स्कुल जान्छन् । परिवारको आर्थिक स्थिति नाजुक छ । एउटा कारखानामा काम गर्ने उनका बुवाको आम्दानीबाट परिवारको खर्च धान्न धौधौ पर्छ । नुराफैहालाई उपचारका लागि नियमित अस्पताल जानुपर्छ र भविष्यमा उनको अनुहार तथा मस्तिष्कमा थुप्रै शल्यक्रियाहरु गर्नुपर्ने छ ।

यस्तोमा भिक्षु भिनले फाउन्डेसनको कोषबाट तथा व्यक्तिगत सहायताबाट दुई लाख थाई भाट बालिकाको उपचारका निम्ति खर्च गर्ने भएका छन् । उनले फेसबुकमा बालिकाको परिवारलाई आर्थिक सहायता गर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

भिक्षु भिन र उनको फाउन्डेसन गरिब र आपतमा परेका परिवारलाई सहारा दिने कार्यका लागि चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?