Comments Add Comment

मुसहर बस्ती निर्माणमा जुटे धुर्मुस-सुन्तली, गाउँ पुग्दा भव्य स्वागत

dhurmus-with-mala
मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास पुगेका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षिया मरनी सादा विहानैदेखि खुशी थिइन ।

मरनी लामो समयदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छिन् । जाडोमा पराल ओछ्याएर बोरा ओडेर सुत्ने मरानीलाई धुर्मुले नयाँ घर बनाइदिन लागेको खबरले कम्ता खुशी लागेको छैन ।

धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुन्ने धुर्मुस पुगेपछि उनीहरु खुशीले गदगद भए । मुसहर बस्तीको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक्क टल्किने रातो र पहिलो अक्षता लगाइदिए । धुर्मुस-सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अम्खरामा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।dhurmus-in-musha-basti-photor

धुर्मुसलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स -सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाण्डौबाट बर्दिबास पुगेका छन् ।

‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ ।’ कट्टेलले भने । उनले भने-‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई बर्षमै देशमा कायापटल हुन्छ ।’
dhurmus-in-mushar-basti
४ करोड ७८ लाख लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस-सुन्तली फाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment