Comments Add Comment

बहुगुणी सुन्तला: मुटु रोगदेखि क्यान्सरसम्मको जोखिमबाट बचाउँछ

suntala-manakamana-2

१३ पुस, काठमाडौं । हैर्दै खाऊँखाऊँ लाग्ने रसिला सुन्तला देख्दा सबैको मुख रसाउँछ । झन् जाडो महिनामा पारिलो घाम ताप्दै सुन्तला खानुको मजा नै बेग्लै !

स्वादले भरिपूर्ण सुन्तला स्वास्थ्यको हिसाबले पनि उत्तिकै राम्रो मानिन्छ । सुन्तलामा प्रशस्त मात्रामा भिटामिन ए, बी, सी, क्याल्सियम,म्याग्नेसियम, पोटासियम, फोस्फोरस, कोलाइन लगायत पौष्टिक तत्व पाइन्छ ।

एन्टीअक्सिडेन्ट र एन्टी इनफ्लामेटोरी तत्वका साथै एक सय ७० भन्दा बढी साइटोकेमिकल्स पाइए पनि सुन्तला खासगरीभिटामिन सीका लागि प्रसिद्ध छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार भिटामिन सीको औषधि खानुभन्दा दिनमा सुन्तलाको एक गिलास रस सेवन गर्नु धेरै लाभदायक हुन्छ ।

तर, सुन्तला बढी मात्रामा खाएमा यसमा पाइने साइट्रिक एसिडका कारण दाँतको इनामेल जाने खतरा पनि हुन्छ । यस्ता केही अपवाद बाहेक सुन्तलाका फाइदैफाइदा यस्ता छन्ः

  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • कोलेस्ट्रोल नियन्त्रण गर्छ ।
  • मुटु स्वस्थ राख्छ ।
  • तौल कम गर्छ ।
  • बाथ रोगको जोखिमबाट बचाउँछ
  • क्यान्सरको जोखिमबाट टाढा राख्छ ।
  • मिर्गौलाको पत्थरीबाट जोगाउँछ ।
  • आँखा स्वस्थ राख्छ ।
  • छाला सुन्दर बनाउँछ ।
  • बुढ्यौलीलाई पर धकेल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment