Comments Add Comment

कुटनीतिक नियोगको अनुगमनका लागि सांसद साह अष्ट्रेलियामा

prabhu-sydney२९ डिसेम्बर, सिड्नी । अष्ट्रेलियाका नेपाली कुटनीतिक नियोगको अनुगमनका लागि संसदको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह अष्ट्रेलिया आएका छन् ।

शुक्रबार बिहान ११ बजे सिड्नी आइपुगेका उनलार्इ अष्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्रप्रसाद पाण्डेले स्वागत गरे ।

अनलाइनखबरसँग कुरा गर्दै साहले नेपाली राजदूतावास र अन्य कन्सुलेट कार्यालयहरुको अनुगमन तथा निरिक्षण गर्ने समितिको नियमित कार्यक्रम अन्र्तगत यो भ्रमण हुन लागेको बताए । उनीसँगै तराई मधेस सद्भावना पार्टीका सांसद नरेन्द्र साह पनि रहेका छन् ।

क्यानबेरास्थित नेपाली दूतावासले कार्यालयका लागि जग्गा खरिद गर्ने प्रकृया अगाडी बढाइरहेका बेला समिति सभापतिको अनुगमन भ्रमण हुन लागेको हो । दूतावासले अष्ट्रेलिया सरकारले कुटनीतिक कार्यालयहरु रहने क्षेत्रमा उपलब्ध गराउन लागेको जग्गा खरिदका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

हाल अष्ट्रेलियाको राजधानी क्यानबेरामा आवासीय राजदूतावास, न्यू साउथ वेल्सको सिड्नीमा महाबाणिज्य दूतावास, भिक्टोरियाको मेलवर्नमा महाबाणिज्य दूतावास तथा क्विन्सल्याण्ड र साउथ अष्ट्रेलियामा अबैतनिक बाणिज्यदूतावासहरु रहेका छन् ।

करिव एक साता लामो भ्रमणमा उनले क्यानबेरास्थित दूतावास भ्रमण गर्नुका साथै अन्य कन्सुलेट अफिसहरुको बारेमा जानकारी लिनेछन् ।

अष्ट्रेलियापछि न्यूजिल्याण्ड र मलेसियाकोसमेत भ्रमण गर्ने र त्यहाँका नियोगहरुबारे जानकारी लिने योजना रहेको सभापति साहले जानकारी दिए । न्यूजिल्याण्ड पनि अष्ट्रेलियाको राजदूतावासले नै हेर्ने गर्दछ, जहाँ प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीकी पत्नी लेडी जोन हिलारी नेपालकी महाबाणिज्यदूत रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment