+
+

पुनर्निर्माण प्राधिकरणका सीईओलाई सरकारले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते १८:११

sushil-gyawali-3

१४ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई स्पष्टीकरण सोधेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीमाथि उनीमाथि निर्देशक समितिले दिएको निर्देशन कार्यान्वयन नगरेको, अनुदान बापतको रकम समयमा उपलब्ध नगराएको लगायतका आरोप छ । र। सातदिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि बनेको प्राधिकरणको कार्यशैलीप्रति सरकार असन्तुष्ट छ । र, मन्त्रिपरिषदका पछिल्ला बैठकहरुमा मन्त्रीहरुले प्राधिकरणका सीईओको कार्यशैली हुँदै भएन भनेर कुरा राख्दै आएका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले राजनीतिक विषय पनि भएको भन्दै एक पटक आफैं कुरा गर्ने बताए । त्यसलगत्तै प्रधानमन्त्रीले ज्ञवालीलाई बोलाएर छलफल गर्नुका साथै कार्ययोजना पनि मागेका थिए ।

बिहीबारको बैठकमा पनि मन्त्रीहरुले यसबारे असन्तुष्टि जनाएपछि स्पष्टिकरण सोध्ने निर्णय भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले सीईओ बनाएको हो । तर, जुनियरलाई सीईओ बनाएको भन्दै धेरै कर्मचारीहरु पुनर्निर्माण प्राधिकरणमा जान नै मानेका छैनन् । र, पुनर्निर्माणको गति पनि निकै सुस्त देखिएको छ । प्राधिकरण गठन भएको एक वर्षमा ४१ हजार मात्र घर बनेको छ भने भूकम्प पीडितहरुको बिचल्ली भएको छ ।

यसैबीच प्राधिकरणका सीईओ ज्ञवालीले प्रेस नोट जारी गर्दै वस्तुस्थितिको यथार्थ चित्रण सहित स्पष्टीकरण दिने बताएका छन् ।

स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलेे आˆना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएको र त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेको उनले बताएका छन् । उनले भनेका छन्, वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?