+
+

मर्स्याङ्दी-स्युचाटार प्रसारण लाइनको तार चुँडिएपछि कुलेखानी चलाइयो

काठमाडौंमा विद्युत आपूर्ति सुचारु हुन अझै केही समय लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १५ गते ३:४०

 

kulekhani-final१४ पुस, काठमाडौं । मर्स्याङ्दी-स्युचाटार १३२ केभी प्रशारण लाइन मर्मतका लागि अझै केही समय लाग्ने भएको छ ।

विहान करिव ७ः२० मा प्रशारण लाइनको जम्पर तार चुँडिएको थियो, जसका कारण उपत्यकामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले मर्मत कार्य चलिरहेको छ । उनले भने, ‘हाम्रो सबै टिमले काम गरिरहेको छ । तर, मर्मतका लागि अझै २ घन्टा लाग्ला जस्तो छ ।’

मर्स्याङ्दी स्युचाटार १३२ केभीको प्रशारण लाइन अवरुद्ध भएपछि कुलेखानी सञ्चालन गरिएको छ । ‘अहिले हामीले ६०/६५ मेगावाट चलाएका छौं । तर, यसले काठमाडौंको माग धान्दैन,’ उनले भने ।

विद्युत प्राधिकरणले अरु बेलामा कुलेखानी विहान र बेलुकी पिकआवरमा मात्र चलाउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?