+
+

झारखण्डमा कोइला खानी भत्कियो, करिब ५० मजदुर पुरिए

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १५ गते ११:१३

mine-collapses-in-jharkhand2

१५ पुस, काठमाडौं । भारत झारखण्डको कोयला खानी भत्किँदा करिब ५० जना मजदुर पुरिएको आशंका गरिएको छ । खानीमा पुरिएका मजदुर र गाडीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

इस्टर्न कोलफिल्ड लिमिटेड (इसीएल)को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु रातिमा काम गरिरहेका थिए । २ सय फिट गहिराइमा काम गरिरहेका बेला एक्कासी भत्किएको थियो ।mine-collapses-in-jharkhand

खानीभित्र जाने बाटो पनि पूर्णरुपमा बन्द भएको छ । खानी भित्र ४०-५० जना कामदारहरु फसेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार खानी भत्किने बेला ३५ भन्दा बढी डम्पर, चारवटा लोडर र कामदारहरुले काम गरिरहेका थिए ।

मुख्यमन्त्री रघुबर दासले अधिकारीहरुलाई राहत र उद्धार कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?