Comments Add Comment

पसिनाको गन्ध सुँघेर आफ्नो जोडी खोज्ने अनौठो तरिका

smell-finalआफ्नो लागि सुहाउने तथा मन पर्ने जोडी भेटाउनका लागि लुक्स र पर्सनालिटीले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास धेरैको हुन्छ । तर एउटा नयाँ डेटिंग सर्भिसले भने लुक्स र पर्सनालिटी होइन जिउको गन्ध नै आत्मीय जिवनसाथी भेटाउने सूत्र रहेको दाबी गर्दछ ।

स्मेल डेटिंग नामक यो सेवाले डेट खोजिरहेका हरुका लागि हुलाक गरेर टिसर्ट पठाइदिन्छ र तिन दिनसम्म लगातार लगाएर नधोइकन फिर्ता गर्न आग्रह गर्छ र त्यो सँगै टिसर्ट फिर्ता गर्नेले अन्य मानिसले लगाएका १० वटा त्यस्तै टिसर्ट प्राप्त गर्दछ ।

ती दशवटा टिसर्ट सबै सुँघेर आफुलाई सबैभन्दा मन पर्ने गन्ध जुन टिसर्टमा पाइयो सो टिसर्ट आफूसँग राखेर जानकारी गराउनु पर्दछ । उता आफूले ३ दिनसम्म लगाएर कम्पनीमा फिर्ता दिएको टिसर्ट पनि कसैलाई सुँघ्नका लागि पठाइएको हुन्छ ।

यदि आफुले गन्ध मन पराएको टिसर्टवाला व्यक्तिले आफ्नो टिसर्टको गन्ध पनि मन परायो भने काम तमाम । त्यसपछि एक अर्काको गन्ध मन पराउने महिला पुरुषबीच डेटिंगको चाँजोपाँजो मिल्दछ । कम्पनीले दुबैजनालाई एक अर्काको फोन नम्बर दिन्छ र दुईबीच कुराकानी सुरु हुन्छ ।

स्मरण रहोस्, गतवर्ष अमेरिकाको न्युयोर्कमा गन्ध सुँघेर डेटिंगका लागि मनपर्ने जोडी खोज्ने यस्तो अनौठो सेवा सुरु भएकेा हो । जसले सुरुमा १ सय जनालाई जोडी खोजिदिएको थियो । र सहभागीले २५ डलर शुल्क तिरेका थिए ।

एक कला परियोजनाको रुपमा न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा कलाकार टेगा ब्राएन र शोधकर्ता साम ल्याभिग्नेले स्मेल डेटिंगको सुरुवात गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment