+
+

‘जात्रा’ले पनि मनायो ५१ दिन

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १६ गते १२:५६

jatra-nepali-movie-1
विगत केहि हप्तादेखि नेपाली चलचित्रको सफलतामा थुप्रै केक काटिएका छन् । नेपाली बक्स अफिसमा बलिउडका चर्चित कलाकारका चलचित्रले हावा खाइरहेको समयमा नेपाली चलचित्र भने सफलतापूर्वक चलिरहेका छन् ।

चलचित्र ‘छक्का पन्जा’ले ५१, ७५ र १०० दिनको अवसर पारेर सेलिव्रेशन ग¥यो । यसको निर्माणपक्षले विभिन्न शैलीमा यी दिनहरुमा सेलिव्रेशन गरे । यो चलचित्रपछि रिलिज भएको अर्को चलचित्र ‘जात्रा’को पनि केक काटेर सलिव्रेशन गर्ने लहर रोकिएको छैन ।

कहिले नायिकाको जन्मदिनमा केक त कहिले पिकनिकको आयोजना गर्दै यसको निर्माणपक्ष खुशियाली साटिरहेको छ । छक्का पन्जा’ पछि चलचित्र ‘जात्रा’ले पनि ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शनको रेकर्ड राखेको छ । आजबाट यो चलचित्र काठमाण्डौका केहि हलमा ५१ दिनमा पुगेको छ ।

यसको अवसरमा, काठमाण्डौको कुमारी हलमा केक काटेर सेलिव्रेशन गरिदैछ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको यो चलचित्रलाई नव–निर्देशक प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले पैसाको कथा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?