Comments Add Comment

जब श्रृष्टीले पहिरनलाई लिएर विवाद गरिन्

run-way-fashion-show-34

बिहिबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा भव्य कार्यक्रम भयो । ‘दि सेलिव्रेटी रन वे’मा ४० भन्दा बढी कलाकार ¥याम्पमा उत्रिएका थिए । उनीहरु विभिन्न पहिरनमा ¥याम्पमा देखिए । नेपाली चलचित्रका कलाकार यसरि, एकसाथ ¥याम्पमा उत्रिएको पहिलो पटक थियो । निर्मात्री पूनम गौतम र नायिका गौरी मल्लले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेका थिए ।

तर, स्टेज अगाडि मुसुक्क हाँस्दै क्याटवाक गरेका केहि नायिकाहरुले पर्दा पछाडि भने राम्रै हर्कत देखाएको वुझिएको छ । कसैले पहिरन चित्त नवुझेको भन्दै वादविवाद गरेको त कसैले ढिला आएर तनाव दिएका थिए ।

पर्दा अगाडि फिक्का हाँसो हाँस्ने धेरै नेपाली चलचित्रका कलाकारले पर्दा पछाडि यस्ता खालका हर्कत देखाएको पहिलो पटक भने होइन । पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठले पनि यस्तै शैली अपनाएको श्रोत बताउँछ । हुनत, चलचित्र ‘गाजलु’ प्रदर्शनको समयमा चितवन पुगेकी श्रृष्टीले पत्रकारलाई आफ्नो बारेमा अध्ययन गरेर आउन भनेकी थिइन् । सो समयमा उनी यति धेरै रुखो बनिन् कि, यसले ठूलो आलोचना पनि भोगेको थियो । पछि, उनले पत्रकारलाई फोन गरेर माफि समेत मागेकी थिइन् ।(चाँदनीले लगाएको यो पहिरन सुरुमा श्रृष्टीका लागि तयार पारिएको थियो । उनले यहि परिहनमा विवाद गरेकी थिइन्) run-way-fashion-show-33

बिहिबार बेलुकी आयोजित रन वेमा श्रृष्टीका लागि अर्कै पहिरन तयार पारिएको थियो । रन वेमा ‘स्टूपिड मन’ नायिका चाँदनी शर्माले लगाएको पहिरन सुरुवातमा श्रृष्टीका लागि तयार पारिएको थियो । पूर्व मिस नेपाल पनि भएकाले उनका लागि लामो गाउन तयार पारिएको थियो । तर, आफ्ना लागि यस्तो पहिरन तयार पारिएको भन्दै श्रृष्टी आक्रोशित भइन् । उनले त रन वेमा नै नहिड्ने सम्मको कुरा गरिछन् ।

श्रोतका अनुसार, श्रृष्टीले पहिरनमा आपत्ती जनाएपछि उनका लागि अर्को पहिरन तयार पारिएको थियो । रन वेमा देखिएका केहि नायिकाले पनि पहिरनमा किचकिच गरेका थिए । जसले गर्दा, कार्यक्रम निर्धारित समय भन्दा केहि ढिला सुरु भएको थियो । केहि नायिकाले अर्की नायिकाको भन्दा आफ्नो पहिरन नराम्रो भएको भन्दै किचकिच गरेका थिए । जुन, बादबिबाद स्टेजको नजिकै रहेका पत्रकारहरुले समेत सुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment