+
+

रोनालीले गर्नेछिन् ‘मिस इको इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते ११:११

ronali-winner
‘अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१७’मा कामनपा ११ कि २१ बर्षिया रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रीन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को क्राउन पनि पहिर्‍याएको छ । उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१६’की बिजेता नग्मा श्रेष्ठले ताज लगाइ दिइन् ।

अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को विजेता बनेकी हुन् । प्रारम्भिक चरणको निर्णायकमा नायिका तथा पूर्व मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत थिए ।

‘मिस इको इन्टरनेशनल २०१७’ आगामी अप्रिलमा इजिप्टमा हुँदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा नेपालले तेश्रो पटक सहभागीता जनाउँदै छ । यस अगाडि २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?