Comments Add Comment

२०१६ मा साहरुखलाई ३६ करोड घाटा

srk-got-doctory
बलिउडका चर्चित स्टारहरु एक बर्षमा भारी रकम कमाउँछन् । एक बर्षमा चर्चित स्टारहरुको कमाई निकै लोभलाग्दो हुन्छ । साहरुख खान, सलमान खान, अभिताभ बच्चन, अक्षय कुमार जस्ता स्टारहरुको कमाई त एक बर्षमा २ अर्ब भन्दा बढी हुन्छ ।

सन् २०१६ मा बलिउड नायक साहरुख खानलाई ३६ करोड घाटा लागेको छ । यो घाटा सन् २०१५ को तुलानामा हो । साहरुखले सन् २०१५ मा २५७.५ करोडको कमाई गरेका थिए । तर, सन् २०१६ मा साहरुखको कमाइमा केहि गिरावट आएको छ । आखिर, कारण के त ?

साहरुखले सन् २०१६ मा २२१.८ करोड कमाई गरेका छन् । यसरि, हेर्दा उनको कमाइमा ३६ करोडले गिरावट भएको छ । यो बर्ष साहरुख फोर्ब्स म्यागेजिनको सूचीमा दोश्रो स्थानमा छन् । उनलाई नायक सलमान खानले उछिने ।

साहरुखको यो बर्ष कुनै पनि टीभी शो आएन । जसकाकारण, उनको कमाइमा केहि कमी भएको हो । यस्तै, यो बर्ष उनी अभिनित चलचित्र ‘फ्यान’ असफल बन्यो । जसले गर्दा, उनलाई मुनाफा यो चलचित्रबाट आएन ।

साहरुख अभिनित चलचित्र ‘डीअर जिन्दगी’ बक्स अफिसमा सफल त भयो, तर कम बजेटको यो चलचित्रबाट उनलाई ठूलो नाफा भएन । जसकाकारण, साहरुखको यो बर्ष आम्दानी केहि घट्यो । तर, उनको हातमा विज्ञापनको कुनै कमी नभएको र यो अझै बढेको फोर्ब्समा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment