+
+

नयाँ बर्षको स्वागतमा विश्वभर आतिसबाजी (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते ११:३९

new-year-london-3

१७ मंसिर, काठमाडौं । बेलायतको राजधानी लण्डनमा निकै उल्लासमय वातावरणमा नयाँ वर्ष २०१७ लाई स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतमा लन्डनका सडकहरुमा आयोजित आतिशवाजी कार्यक्रममा १० लाख व्यक्तिहरु सहभागी भए ।

लन्डनका मेयरले थेम्स रिभरको किनारामा गरेको प्रदर्शनीका क्रममा १२ हजार वटा आतिशवाजीले रातको आकाशलाई रंगीन बनाएका थिए । त्यस अवसरमा सन् २०१६ मा संसारबाट विदा भएका केही स्टारहरुको सम्मानमा १२ मिनेट मौनधारण पनि गरियो । रातको ११:५० बाट सुरु भएको आतिशवाजी कार्यक्रम विविसीबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यस वर्षको नयाँ वर्ष काउन्टडाउनमा एक अतिरिक्त सेकेन्ड थपिएको थियो जून पृथ्वीको परिक्रमामा भएको ढिलाईको क्षतिपूर्तिस्वरुप ‘लिप सेकेन्ड’ को रुपमा थपिएको हो ।

विश्वका अन्य ठूला शहरहरुमा पनि नयाँ वर्षलाई आआफ्नै शैलीमा स्वागत गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा इन्द्रधनुषको रंगले रातको आकाशलाई सजाइएको थियो । नयाँ वर्ष मनाउने क्रममा त्यहाँ विश्वव्यापी आतंकवादी हमलाहरुको निन्दा गरियो । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरमा अवस्थित सिड्नी हार्बर बि्रजमा आयोजित आतिशवाजी कार्यक्रममा १५ लाख जनताले भाग लिएका थिए । त्यसको २ घन्टापछि जापानमा नयाँ वर्षको स्वागत धुमधामले गरियो ।

राजधानी टोकियोका सडहरु हजारौं मानिसहरुले आकाशमा बेलुन उडाएर खुशीयाली मनाएका थिए । उत्तर कोरिया, दक्षिण कोरिया, रसिया हङकङ, मलेसिया, सिंगापुर र इन्डोनेसियामा पनि नयाँ वर्षको स्वागतमा सडक प्रदर्शनीहरु आयोजना गरिए ।

तस्वीरमा हेर्नुहोस विश्वका मूख्य शहरहरुमा गरिएको आतिसबाजीको दृश्य

new-year-london-eye
नयाँ बर्ष २०१७ को स्वागतमा बेलायतको सेन्ट्रल लण्डनमा गरिएको आतिसबाजी

new-year-london

new-year-singapore
सिंगापुरको मरिना विचबाट देखिएको आतिसबाजी
new-year-singapore1
सिंगापुर
new-year-malaysia
मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित पेट्रोनास टावरमा गरिएको आतिसबाजीको दृश्य
new-year-ejypt-ciaro
इजिप्टको कायरो शहर
new-year-germany
जर्मनीमा देखिएको आतिसबाजी
new-year-portugal
नयाँ बर्षलाई स्वागत गर्दैगर्दा पोर्चुगलको फुञ्चल मादेइराको दृश्य
new-year-sydney
अष्ट्रेलियाको सिड्नी
new-year-in-uae-dubai
युएईको आवुधावी
new-year-moscows-russia
रुसको मस्कोस्थित रेड स्क्वायर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?