Comments Add Comment

काठमाडौंमै पर्‍यो हिउँ (फोटो फिचर)

chandragiri-snowfall-12

१७ पुस, काठमाडौं । चिसो बढेपछि काठमाडौंमै हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरि डाँडा हिउँले सेताम्मे भएको छ ।

चन्द्रागिरिको केबलकार टप स्टेशन, भालेश्वर मन्दिर, भ्यू टावर लगायतका क्षेत्रमा हिउँ परेको थियो । नयाँ वर्ष मनाउन चन्द्रागिरि पुगेकाहरु हिउँमा रमाएका देखिन्थे ।

पश्चिमी वायुको प्रभावका कारण बिकसित भएको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा फाट्ट फुट्ट पानी परेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौंको चन्द्रागिरिमा हिमपातको केही तस्वीर हेर्नुहोस्-

chandragiri-snowfall-2

chandragiri-snowfall-5

chandragiri-snowfall-11

chandragiri-snowfall-16

chandragiri-snowfall-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment