Comments Add Comment

विदेशीको इशारामा चल्नेहरुले हप्काउन थालेः ओली

kp-oli

१७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको इशारामा चल्नेहरुले आफूहरुलाई हप्काउन थालेको बताएका छन् ।

सार्वभौमसत्ता र स्वतन्त्र देश हो, हाम्रो निर्णय हामी आफैंले गर्न पाउनुपर्छ भन्न सजिलो रहेको तर, पाइलै पिच्छे विदेशी हस्तक्षेप हुन थालेको उनले बताए ।

एमाले स्कुल विभागले ललितपुरमा गरेको कार्यक्रममा ओलीले भने, हस्तक्षेप किन सजिलोसँग भएको छ भने हामीले गरेको कसले मान्छ भन्दा -हात उठाउँदै) हामी मान्छौं भन्ने हृवारहृवार्ती छन् ।’

केही अघिसम्म विदेशीको इशारामा चल्ने, र त्युका राष्ट्रिय हितलाई तिलान्जली दिन हुने अवस्था भएपनि अहिले त्यस्ता हरुले आफूहरुलाई हप्काउन थालेको उनले बताए । जहाँ लाजसरम पनि छैन, त्यहाँ पुगिसक्यो भन्दै एमाले अध्यक्ष ओलीले भने, ए .. सक्छौ, के सोच्या, फुर्ती गरेर हुन्छ भनेर हामीलाई हप्काउँछन् ।

उनले राष्ट्रिय एकतालाई बलियो बनाएर देशलाई समृद्धिको दिशामा अघि बढाउन पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment