+
+

किर्ते गरी जग्गा पास गर्ने मालपोतका अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते ११:५३

१८ पुस, काठमाडौं । दलालसँगको साँठगाँठमा नक्कली जग्गाधनी खडा गरी जग्गा पास गरेको आरोपमा प्रहरीको अनुसन्धान व्यूरोले मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराईलाई पक्राउ गरेको छ ।

CIB Logoप्रहरीका अनुसार आरोपी भट्टराईले २०६६ सालमा काठमाडौं मालपोत कार्यालयमा कार्यरत रहँदा चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा किर्ते गरी इटहरीका देवेन्द्र थापा र झापाका नगेन्द्र कार्कीलाई १ लाखमा दिलाएका थिए ।

झापाका नगेन्द्र कार्कीले जग्गाधनी लोकेन्द्रको भतिजा नातापर्ने जीवनराज पाठकको नाममा किर्ते नागरिकता बनाएर जग्गा पास गरेका थिए । यी दुईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मालपोत शाखा अधिकृत भट्टराईसँगको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा हात पार्न सफल भएको प्रहरीको दावी छ ।

जग्गा हात पारेलगत्तै थापा र कार्कीले नेचुरल फ्लाओर एण्ड हर्वल कम्पनीको नाममा ४९ लाखमा जग्गा बेचेको अनुसन्धानबाट खुलेको छ ।

२०६६ सालमै हर्वल कम्पनीले हिमालयन बैंकमा सोही जग्गा धितो राखेर ५ करोड ऋण लिएको र २०६९ सालमा हिमालयन बैंकबाट धितो सारेर प्राइम बैंकबाट ८ करोड ऋण लिएको प्रहरीले जनाएको छ ।

खोटाङ खल्लेका भट्टराई अहिले जिल्ला मालपोत कार्यालयमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?