Comments Add Comment

साफ महिला फुटबलको सेमिफाइनलमा भारतबिरुद्ध नेपाल एक शून्यले पछाडि

nepali-womens-football-team

१८ पुस, काठमाडौं । चौथो साफ महिला च्याम्पियनसीपको पहिलो सेमिफाइनलमा चीर प्रतिद्धन्दी भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपाल पहिलो हाफमा एक गोलले पछाडि परेको छ ।

सुरुवातदेखि नै संहालिएर खेलिरहेको नेपालले पहिलो हाफको अन्तिममा गोल खान पुग्यो । ४४औं मिनेटमा भारतकी कमलादेवीको प्रहार गोल भएको थियो ।

भारतीय टोलीले नेपाललाई सुरुवातदेखि नै केहि दवावमा राखेको थियो । उसका चार प्रहार नेपालको रक्षापंक्तिले विफल पारेको थियो ।

यस्तै नेपालतर्फ सावित्रा भण्डारीको दुई प्रहार विफल बनेको थियो ।

खेलको दोस्रो हाफ केहिबेरमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment