+
+

पत्रिकामा पोको पारिएका खानेकुराले क्यान्सरको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २० गते १०:००

chatpateकुनै होटेलमा समोसा, जेरी, रोटीजस्ता खानेकुराहरु किनेर पत्रिकामा पोको पारी घरमा ल्याएर खाने गर्नुभएकै होला ? तर सावधान ! यसरी पत्रिकामा पोको पारेर राखिने पकवानहरु खाँदा क्यान्सरजस्ता खतरनाक रोगको जोखिम रहने बताइएको छ ।

हालै भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्राधिकरणले एक एडभाइजरी जारी गरेको छ, जसमा भनिएको छ कि- पत्रिकामा प्रयोग गरिने मसीमा कतिपय यस्ता बायोएक्टिभ पदार्थहरुको प्रयोग गरिएको छ, जुन खानेकुरामा टाँसिएर हाम्रो शरीरभित्र प्रवेश गर्दछन् अनि हाम्रो स्वास्थ्यलाई बिगार्दछन् ।

खासगरी पत्रिकाको मसीलाई सुकाउनका लागि केही रसायनहरुको प्रयोग गरिन्छ । यस्ता रसायनहरु शरीरमा प्रवेश गर्दा रक्त तथा फोक्सोको क्यान्सरको समस्या पैदा गर्दछन् ।

पत्रिकाको मसीमा हानिकारक रसायन हुन्छन्, जसले शरीरमा हर्मोनलाई असन्तुलित बनाउँछ । जसकारण विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा हुन्छन् । पत्रिकाको मसीमा डिससोबुटिल थ्यालेट नामक रसायन पाइन्छ, जसले अपचको गम्भीर समस्या पैदा गर्दछन् ।

पत्रिकामा प्रयोग गरिने मसीमा हुने कतिपय रसायनले महिलाहरुमा प्रजजन सम्बन्धी समस्या पैदा गर्दछ । मसीमा हुने कतिपय रसायनले शरीरको रोगप्रतिरोधक क्षमता घटाउँदछ । जसले शरीरको रोगसँग लड्ने क्षमता कम हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?