Comments Add Comment

चापेकोइन्सले २० खेलाडी भित्र्यायो, दुर्घटना बाँचेका रुसेल र नेटो मैदान र्फकने आश

chapecoense-club-2

ब्राजिलियन क्लब चापेकोइन्सले आगामी सिजनका लागि २० खेलाडी अनुवन्ध गरेको छ ।

नोभेम्बरमा कोपा सुडामेरिकाना कप खेल्न जाने क्रममा भएको विमान दुर्घटनामा क्लबका १९ खेलाडीसहित कोचिङ स्टाफको मृत्यु भएको थियो । यो घटनापछि क्लबलाई उपाधि दिइएको थियो भने एथ्लेटिको नेशनलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो ।

क्लबका फुटबल डाइरेक्टर रुई कोस्टाले अनुवन्ध गरिएका मध्ये धेरै खेलाडी लोनमा रहेको बताए ।

सेन्टर क्याक नेटो र फुलब्याक एलन रुसेल भने विमान दुर्घटनामा बाँचेका छन् । उनीहरु खेलमा र्फकने आश रहेको कोस्टाले बताए । दुर्घटनामा बाँचेका गोलकिपर ज्याक्सन फोलमान भने खेलमा र्फकन सक्दैनन्, किनकी उनको खुट्टा काटिएको छ ।

तर, तीनै खेलाडीको जर्सी नम्बर नयाँ खेलाडीलाई दिइएको छैन ।

चापेकोइन्सले शुक्रबारदेखि प्रि सिजन ट्रेनिङ थाल्नेछ र, घरेलु लिगको पहिलो खेल जनवरी २६ मा होम ग्राउण्डमा जोइनभेलविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment