+
+
Shares

धारिलो हतियार प्रहार गरी रामलालको हत्या

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ पुष २० गते १३:२२

२० पुस, चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ ।

hatyaचितवनको ग्रामिण भेग माडी नगरपालिका १२ का बाँदरझुला बस्ने ३६ बर्षीय रामलाल रोडाको धारिलो हतियार (बसिलो) प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

घरायसी विवादको कारण तत्काल आवेगमा आई माडी न.पा. १२ वस्ने ३० बर्षीय सानो रुम्बा र उनकी श्रीमती २८ बर्षीया इन्द्रमाया चेपाङ मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।

घटनामा प्रयोग भएको धारिलो हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले
जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?