Comments Add Comment

घरधन्दा सकेर कम्युटर सिक्दै फलेबासका गृहिणी

computer-sikdai-mahila२१ पुस, पर्वत । पर्वत खानीगाउँकी प्रमिला परियारलाई अचेल छोराछोरी स्कुल पठाएपछि कम्प्युटर सिक्न जान हतार हुन्छ । कम्युटरबाट विदेशमा रहेका श्रीमानसँग सस्तोमा अनुहार हेरेरै कुराकानी गर्न मिल्छ भन्ने थाहा भएपछि उनी कम्युटर सिक्न जान थालेकी हुन् ।

प्रमिलाजस्तै पर्वतको फलेबास क्षेत्रका गृहिणी महिलाहरु अचेल कम्प्युटर सिक्न फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयमा पुग्ने गरेका छन् ।
पुस्तकालयले विवाहीत गृहिणी महिलालाई निशुल्क कम्प्यूटर सिकाउन थालेपछि घरधन्दा सकेर उनीहरु कम्युटर सिक्न जान्छन् । उनीहमा कम्युटर सिक्नुको कारण भने फरक-फरक छन् ।

‘चौबिसै घण्टाको घरधन्दा र चुलोचौको कामभन्दा धेरै फरक सिकाइ भएको छ ।’ कम्युटर प्रशिक्षर्थी माया लामिछाने भन्छिन्, ‘अहिले कम्युटर सिक्न थालेर खुब खुसी लागेको छ ।

मोती सामुदायीक पुस्तकालयले ग्रामीण क्षेत्रका महिलाहरुलाई प्रविधिसँंग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै गृहिणी महिलालाई निशुल्क कम्प्यूटर शिक्षा दिन थालेको हो ।

पुस्तकालयका संरक्षक भोलानाथ शर्माले आजको जमानामा जो सुकैको जीवन सफल बनाउन पनि कम्प्युटर सहयोगी हुने भएकाले यसबारे आधारभूत ज्ञान दिन यस्तो अवधारणा अघि सारिएको वताए ।

आधुनिक प्रविधिमा गृहिणीहरुको पहुँच नपुगेकाले यो सिकाइबाट उनीहरुमा बाहिरको कुरामा जानकारी हुने र पुस्तकालयमा पुगेर अध्ययन गर्ने बानी पनि बस्ने अपेक्षा गरिएको शर्माको भनाई छ ।

फलेवास आसपासका एकसय जनाभन्दा बढी महिलाहरु अहिले कम्प्युटर सिक्नमा व्यस्त छन् । उनीहरु बिहानको घरधन्दाको सकिएपछि बिहान ११ बजेदेखि ३ बजेसम्म कम्प्युटर सिक्न जाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment