+
+

कपिलवस्तुका प्रकोपपीडितलाई ई-रिक्सा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते ८:००

riksa-bitaran२१ पुस, कपिलवस्तु । कपिलवस्तुका प्राकृतिक प्रकोप प्रभावितलाई ई-रिक्सा वितरण गरिएको छ ।  कपिलवस्तुको अकवरपुर सामुदायिक प्रकोप ब्यवस्थापन समिति सौराह र मोतीनगर सामुदायिक प्रकोप ब्यवस्थापन समिति धनकौलीलाई इ-रिक्सा हस्तान्तरण गरिएको हो ।

इन्द्रेणी ग्रामिण विकास केन्द्र र डेन चर्च एडद्वारा संचालित प्रकोप जोखिम न्यूनीकरण तथा जीवीकोपार्जन समानुकुलन कार्यक्रम अन्तर्गत ई-रिक्स हस्तान्तरण गरिएको हो ।

तरकारी बजार प्रवर्द्धन तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन ई-रिक्सा हस्तान्तरण गरेको इन्दे्रणी ग्रामिण विकास केन्द्र कपिलवस्तुका अध्यक्ष शुभलाल भूसाल जानकारी दिए ।

अध्यक्ष शुभलाल भूसालले एक-एक वटा ई-रिक्साको चाबी अकवरपुर सौराहकी अध्यक्ष मालती यादव र मोतीनगर धनकौलीका अध्यक्ष गंगा सागर केवटलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?