Comments Add Comment

१९ वर्षकी यी किशोरीलाई किन सुटकेसमा लुकाइयो ?

sutcasema-ladyलागूपदार्थ, सुन तथा हतियार तस्करीको बारेमा त सुनिएकै हो । वैदेशिक रोजगारी लगायतको नाममा मानव तस्करी हुने गरेको पनि देखिएकै हो । तर के तपाईंले सुटकेसमा राखेर किशोरीको तस्करी हुने गरेको सुन्नुभएको छ ?

हालै सुटकेसभित्र बन्द गरी युरोपेली मुलुक स्पेन छिराउन लागिएको अवस्थामा मोरक्कोकी एक १९ वर्षकी किशोरीलाई पक्राउ गरिएको छ ।

मिरर अनलाइनका अनुसार १९ वर्षकी ती युवती ठूलै जुक्ति लगाएर स्पेन छिर्न अनुमति पाएका आप्रवासीको सुटकेसमा लुकेकी थिइन् । तर जब स्पेनको सीमा क्षेत्रको प्रहरीलाई सुटकेटको वजन शंका लाग्यो तब उसले पुनः जेकजाँच गर्यो ।

त्यसक्रममा सुटकेस खोलेर हेर्दा सुटकेस भित्र एक युवतीलाई लुकाइएको पाइयो । यो वर्षको सुरुमा ११ सय भन्दा धेरै अफि्रकी आप्रवासीहरु स्पेनको सीमाक्षेत्रमा घुस्ने असफल प्रयास गरेका थिए ।

तीमध्ये दुई जनालाई मात्र स्पेन सरकारले उपचारका लागि स्पेन छिर्ने अनुमति दिएको थियो । त्यसरी अनुमति पाएका मध्ये एक जनाको सुटकेस भित्र लुकेर ती युवती स्पेन छिर्ने प्रयास गरेकी थिइन् । तर विचार उनी सिमानामै पक्रिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment