Comments Add Comment

खुश्वुलाई फिल्म नचल्दा पिर, चल्दा झनै पिर

khusbu-khadka
नेपाली चलचित्र क्षेत्रमा नायिका खुश्वु खड्काको प्रवेश भएको ८ बर्ष भैसक्यो । तर, उनले सोचे जस्तो सफलता पाउन सकेकी छैनन् । चलचित्रमा काम त उनले पनि एकपछि अर्को गरेकी नै छन् । तर, कतिपय रिलिज नै भएका छैनन् भने कतिपय रिलिज भएर पनि चलेनन् ।

उनी अभिनित चलचित्र ‘उहिले बाजेको पाँलामा’ गतबर्ष रिलिज भयो, तर चलेन । चलचित्र नचल्दा त रिलिज नै हुन बाँकी छ भनेर उनी कुरा गर्थिन् । तर, हलमा लागेर दर्शक नआएपछि के भन्ने, उनलाई अप्ठ्यारो छ ।

पौष २२ गतेबाट उनी अभिनित चलचित्र ‘भ्रम’ रिलिज हुँदैछ । यो चलचित्रमा उनलाई नायक कर्माले साथ दिएका छन् । तर, चलचित्रको प्रचार न त गतिलो तरिकाले नै भयो, न त उनी नै देखिइन् । चलचित्र रिलिज भोलीबाट हुँदैछ । तर, यसको चर्चा खासै छैन ।

खुश्वुलाई संभवत यो चलचित्र चल्छ र करिअर माथि उठ्ला भन्ने आशा थियो । तर, बक्स अफिसमा गतिलो व्यापार गर्न चलचित्रको बारेमा दर्शकले थाहा पाउनु पर्छ । तर, ‘भ्रम’को हकमा यस्तो भएको पाइदैन ।

साच्चै, यतिबेला खुश्वुलाई चलचित्र नचल्दा पिर, चल्दा झनै पिर भएको छ । चलचित्र हलमा लागेर नचल्दा असफल नायिकाको कोटामा परिने ठूलो पिर उनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment