+
+

चुचुरेमा जलविद्युतको काम ९० प्रतिशत पूरा

रासस रासस
२०७३ पुष २२ गते १०:५०

२२ पुस, रामेछाप । रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युत्को काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताएका छन्।

mewa-khola-hydroचाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पुर्याइ सकिएको छ ।

विद्युत् प्रवाह हुँदा रामेछापको चुचुरे गाविसका १, २ र ३ वडाका नागरिकलाई सामान्य सेवा पुग्नुका साथै केन्द्रीय लाइनमा विद्युत् थपिएसँगै यो क्षेत्रमा विद्युत् थप भई विद्युत्भार कटौती नहुने आयोजनाले जनाएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको जलविद्युत् आयोजना रु ५० करोडको लागतमा सम्पन्न हुने भएको छ भने यसको लगानी चुचुरेका स्थानीयवासी, दोलखाका श्यामावासी र क्षेत्र नम्बर २ रामेछापका सांसद आङटावा शेर्पालगायतको रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?