+
+

कति खतरनाक हुन्छ गर्भनिरोधक गोली ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते ११:०२

antipreg-medicineविश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक औषधिको प्रयोग गर्दछन् । यद्यपि सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात पश्चातबाटै यसको प्रयोगका विभिन्न खाले साइड इफेक्ट्स देखिन थालेका हुन् ।

हालैको एक अध्ययनका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले डिप्रेसनको खतरा बढाउँदछ । डेनमार्कमा भएको एक अध्ययनले यस्तो देखाएको हो ।
डेनमार्कका अनुसन्धानकर्ताहरुले करीब दश लाख महिलाहरुको मेडिकल रेकर्डस्को अध्ययन गरे । १५ देखि ३४ वर्षका ती महिलाहरुमा कसैमा पनि पहिले डिप्रेसनको लक्षण थिएन ।

अध्ययनमा शोधकर्ताहरुले पाए की जो महिलाहरु गर्भनिरोधक गोलीको प्रयोग गर्दछन् उनीहरु पछि गएर डिप्रेसनको औषधि लिने अवस्थामा पुग्दछन् वा अस्पतालमा भर्ना नै हुनुपर्ने हुन्छ ।

यो अध्ययनलाई मिडियामा निकै सनसनीपूर्ण रुपमा पेश गरियो । मिडियामा यो खबरलाई लिएर भएको चर्चा यस प्रकारको थियोः तपाइँ गर्भनिरोधक गोलीहरु खानुहुन्छ भने डिप्रेसनको चपेटामा पर्न तयार हुनुहोस् । गर्भनिरोधक गोली खाने मध्ये ७० प्रतिशत महिलामा डिप्रेसन देखिने गरेको छ ।

यद्यपि युनिभर्सिटी अफ एबरडिनमा प्राइमरी केयर विषयका प्राध्यापक फिल हेनाफोर्डका अनुसार गर्भनिरोधक गोलीको डिप्रेसनसँगको सम्बन्ध त्यतिसारो गम्भीर छैन, जति मिडियामा बताइने गरिएको छ ।

उनका अनुसार गर्भ निरोधक गोलीको साइड इफेक्ट निके कम हुन्छ । गर्भनिरोधक गोली प्रयोग नगर्ने महिलाहरुमा डिप्रेसनको जोखिम सामान्यतया १.७ प्रतिशत हुनेमा गर्भनिरोधक प्रयोग गर्ने महिलामा २.२ प्रतिशतमा डिप्रेसन देखिने गरेको छ । खासै ठूलो अन्तर नभएको हेनफोर्ड बताउँछन् ।

हेनफोर्डका अनुसार गर्भनिरोधक औषधि प्रयोग गर्ने महिलाहरु डिप्रेसनको सिकार हुनुका अन्य कारणहरु पनि हुनसक्छन् । उदाहरणका लागि जो महिला गर्भनिरोधक गोली प्रयोग गरिरहेका हुन्छन् उनीहरुको आफ्नो पार्टनरसँगको सम्बन्ध टुटेको हुनसक्छ । जसका कारण पनि उनीहरु डिप्रेसनमा फसेका हुनसक्छन् ।

यद्यपि गर्भनिरोधक औषधिले केवल डिप्रेसनको खतरा बढाउने मात्र होइन, यसको प्रयोगले रगत जम्ने खतरा पनि बढाउँछ, जुन निकै घातक हुन्छ ।

यदि यस्ता साइड इफेक्टलाई हलुका रुपमा लिइएमा त्यो खतरनाक हुने पनि बताइन्छ ।

तर सबैभन्दा ठूलो सवाल यो हो की गर्भनिरोधक औषधिको खतरा कति धेरै हुन्छ र महिलाहरु यसलाई लिएर कति आशंकित हुनु आवश्यक हुन्छ ?

यौनिक तथा प्रजनन विशेषज्ञहरुका अनुसार गर्भनिरोधक गोलीको प्रयोग गर्ने प्रति दश हजार महिलामा केही महिलाको मृत्यु हुने गरेको छ । तर यसो भन्नु पूर्णरुपमा सही भने छैन ।

उनका अनुसार १० हजार महिलामा ५ देखि १२ जना महिलामा रगत जम्ने समस्या देखा पर्ने गरेको छ र यस्तो समस्या देखिने सबैको मृत्यु हुँदैन । रगत जम्ने समस्या देखिनेमा पनि केवल १ प्रतिशतको मात्र ज्यान जाने गरेको छ ।

विशेषज्ञका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले प्रति दश लाख महिलामा रगत जम्ने समस्याका कारण ३ देखि ४ जनाको मृत्यु हुने गरेको छ । बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?