+
+

‘पत्रकारलाई सरकारको विशेष प्याकेज’

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते ११:५०

surendra-karki-acorab

२२ पुस, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पत्रकारहरुका लागि सरकारले बिशेष सहयोग प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन् । सामुदायिक पत्रकारिताको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघको १२ औं साधारणसभा उदघाटन समारोहलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले भने, ‘पिछडिएका समाजको बिषय बाहिर ल्याउन चाहने पत्रकारका लागि सरकारले बिशेष सहयोगको प्याकेज ल्याउने तयारी
गरिरहेको छ ।’

व्यापारीक र सरकारीभन्दा फरक भूमिकामा रहेका सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै उनले संयमित भएर काम गर्न आग्रह पनि गरे ।

सामुदायिक रेडियोको हैसियत र साख जोगाइराख्ने गरी जनताको आवाज संकलन गर्न उनले सामुदायिक पत्रकारहरुलाई सुझाव पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?