+
+

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले चौथो स्थापना दिवस मनायो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १३:१८

काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आफ्नो स्थापनाको चौथो स्थापना दिवस मनाएको छ ।

grandi-hospitalकार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले सरकार ग्राण्डी जस्तो अस्पतालको साथमा सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए । उनले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्राण्डी अस्पतालले उदाहरणीय कार्य गरेको जिकिर गर्दै त्यस किसिमका अस्पतालहरु आवश्यक रहेका उल्लेख गरे ।

नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरिञ्जिवी नेपालले आफू ग्राण्डी अस्पतालको सेवाबाट अत्यन्त प्रभावित भएको र यस किसिमका सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मुलुकको लागि अपरिहार्य रहेको बताए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष दिपक कुँबर, मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले आफ्नो मन्तव्य राखेका थिए ।

चार वर्षदेखि एउटै छानामुनी विभिन्न प्रकारका ३५ वटा विशेषज्ञ सेवा प्रदान गर्दै आएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हाडजोर्नी, मिर्गौला प्रत्यारोपण, इएमएस् सेवा खेलकुदका क्रममा लागेको चोटको उपचारका लागि आर्थोस्कोपिक उपचार र स्पोर्ट्स मेडिसिनका लागि प्रसिद्ध मानिन्छ । यहाँ न्युरो सर्जरी, स्पाइनल सर्जरी, निःसन्तानपन भएकाहरुलाई आईभीएफ प्रविधिद्वारा उपचार गराउने फर्टिलिटी सेन्टर लगायतका अन्य उपचारको समेत व्यवस्था छ ।

विभिन्नखाले उपचारका कारण स्वास्थ्य क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदान तथा उत्कृष्ट सेवाका कारण ग्राण्डी अन्तराष्ट्रिय अस्पताल ‘हस्पिटल अफ द इयर २०१६’ फस्ट एण्ड सुलिभान अवार्डबाट समेत सम्मानित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?