+
+

पत्रकार सुधीर शर्मालाई एनआरएन अष्ट्रेलियाको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १४:३५

sudhir-sharma-at-australia६ जनवरी, सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मालाई शुक्रबार स्वागत गरेको छ ।

सम्पादक शर्मा नयाँ वर्षको अवसरमा अष्ट्रेलिया आएका छन् ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, न्यू साउथ वेल्सका संयोजक दिनेश पोख्रेललगायतले शर्मालाई स्वागत गरेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका संयोजक सिग्देलले पत्रकार शर्मालाई कलम र सुन्दर डायरी उपहार दिएका थिए ।

कार्यक्रममा सम्पादक शर्माले नेपाल बिकासतर्फ अघि बढेको भन्दै सबै प्रवासी नेपालीहरुलाई स्वदेश फर्किने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै गएको र उनीहरुको प्रगति गर्व गर्न लायक भएको भन्दै प्रशंसा पनि गरे । उनले भने, ‘यहाँका नेपाली निकै रमाइला, मौसम पनि निकै रमाइलो । यहाँका नेपालीहरुको देशप्रतिको चासो देखेर राम्रो लाग्यो ।’

अष्ट्रेलियाको विकासको अनुभव नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सम्पादक शर्माले भने, ‘नेपाल नकारात्मक दिशामा छैन । बिकासतर्फ अघि बढेको छ । सबैलाई स्वदेश फर्किने वातावरण छिट्टै बन्छ भन्ने विश्वास व्यक्त गरेको छु ।’

कार्यक्रममा एनआरएन अष्ट्रेलिया संयोजक सम्पादक शर्माको पुस्तक ‘प्रयोगशाला’ले समाजको पर्दा खोलेको भन्दै प्रवासमा बस्ने नेपालीहरुको विषयमा पनि कलम चलाउन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?