+
+

प्रचण्डको अनुहारै छोपिने आयोगको प्रतिवेदन ! बोरामा हाल्दा पनि अटाउन मुस्किल !

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते २१:०६

llrc-report-to-pm

२२ पुस, काठमाडौं । एमालेको सडक प्रदर्शनको असरलाई छिचोल्दै स्थानीय तह पुनसंरचना आयोगको टोली शुक्रबार अपरान्ह बुद्धनगरबाट सिंहदरबार पुग्यो । प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन एउटै गाडीमा चढेर आयोगका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।

आयोगको प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री विमलेन्द्र निधि, स्थानीय विकास मन्त्री हितराज पाण्डे र मुख्यसचिव सोमलाल पाण्डेसहितका भीआइपीहरु गोलमेचमा तैनाथ भए । आयोगका अध्यक्ष बालानन्द पौडेल नेतृत्वको टोली अर्कोतर्फ बस्यो ।

यसैवीच आयोगका कर्मचारीले गाडीबाट आयोगको प्रतिवेदन झिकेर प्रधामन्त्रीका सामु टेबलमा राख्न सुरु गरे ।

तर, एउटा किताबमाथि अर्को किताब खप्टिँदै राख्न थालेपछि त्यो ढड्डा यति अग्लो भयो कि त्यसले प्रधानमन्त्री प्रचण्डको अनुहार नै पूरै छेकिदियो । त्यसपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीको अनुहारसम्म हेराहेर गर्ने स्थिति रहेन ।

यत्तिकैमा फोटो पत्रकारहरुले आयोगको प्रतिवेदनले प्रधानमन्त्रीको अनुहार छेकेको गुनासो गरे । त्यसपछि प्रधानमन्त्रीको टेउमा रहेका नीलो रंगका किताबहरु लडाएर फिँजाउन सुरु गरियो ।

पछि गन्दा पो थाहा भयो, आयोगले बुझाएको प्रतिवेदन त १६ वटा मोटा ढड्डाहरुमा समेटिएको रहेछ । आयोगका अध्यक्ष बालानन्द पौडेलले दुई हातले समातेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने कुनै गुञ्जायस नै थिएन । किनभने, प्रतिवेदन बोरामा हाल्दा एउटा बोराले पनि काम नचल्ने अवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?