Comments Add Comment

विखण्डनकारी राष्ट्रवादले कसैको हित गर्दैन: उर्जामन्त्री

janardan sharma (5)

२३ पुस, रौतहट । ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कोही कसैको हित नगर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल रौतहट शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी नेता समेत रहेका मन्त्री शर्माले संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा त्यसलाई अवरोध गर्ने, मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भन्नु संविधान नै असफल बनाउने प्रवृत्ति भएको उल्लेख गरे ।

संसद्लाई बन्धक बनाएर निर्वाचनको मात्र कुरा गर्नुले प्रतिपक्षीहरु निर्वाचन चाहेका छैनन् की भन्ने आशङ्का उत्पन्न भइरहेको उनको कथन थियो ।

नेपालको सार्वभौमसत्ता, अखण्डता र गणतन्त्र बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने भएकाले संविधान संशोधन हुनै सक्दैन भन्नु निरङ्कुश चरित्र भएको उनको टिप्पणी थियो । “निरङ्कुश संविधान मात्रै संशोधन हुन सक्दैन, लोकतान्त्रिक संविधान संशोधन हुन्छ”–उनले भने ।

आफूहरु सरकारमा रहँदा वा नरहँदा मधेसी, आदिवासी जनतजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको र अहिलेको संशोधन प्रस्ताव पनि सोही प्रयोजनकालागि ल्याइएको उनले स्पष्ट पारे ।

उर्जामन्त्री शर्माले तराई मधेसका क्षेत्रमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेकाले त्यसलाई रोक्न स्थानीय युवालाई परिचालित हुन आग्रह गरे ।

त्यस्तै गौर र कलैयालाई हुकिङ मुक्त क्षेत्र बनाउने अभियान घोषणा गरिएकाले त्यसलाई कार्यान्वयन गर्न सबैको सहयोग जरुरी रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment