+
+

प्रधानमन्त्रीले ८ बर्षपछि तिरे खानेपानीको बिल

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते ७:४१

prachanda

२४ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् ।

उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रवन्धक महेश भट्टराईलाई उदृत गर्दै कारोबार दैनिकले समाचार छापेको छ ।

प्रचण्ड आठ बर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा केयुकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महशुल तिर्न बाँकी थियो । केयुकेएलले बक्यौता चुक्ता गर्न पटक पटक ताकेता गरेपनि प्रचण्डले टेरेका थिएनन् ।

ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था र व्यक्तिले मगाएर उपभोग गरेपनि बर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?