+
+

जुम्लामा हिमपात, चिसो बढेर जनजीवन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते ८:५५

jumla-himpat-snowfall

२४ पुस, जुम्ला । जुम्लामा आइतबार ठूलो हिमपात भएको छ । सदरमुकाम क्षेत्रमा करिब आधा फिटसम्म हिउँ जमेको छ ।

गएरातिदेखि परेको हिमपातले चिसो बढेको छ । अत्यधिक चिसोले जनजीबन प्रभावित भएको छ । जुम्लामा तापक्रम घटेर माइनस पाँच डिग्री सेल्सियससम्म पुगेको अनुमान गरिएको छ ।

हिमपात भएपछि बालीनाली सप्रिने भएकाले स्थानीय कृषकहरु भने खुसी भएका छन् ।

सुदूरपश्चिमका जिल्लाहरुमा पनि हिमपात भएको छ । हिमपातले राजमार्ग अवरुद्ध भएको छ ।

तस्वीर सौजन्य- प्रजिअ रुद्रप्रसाद पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?