Comments Add Comment

होटलको जग खन्दा नक्शालको सडक भासियो, आवत-जावत बन्द

nakshal-road-2

२४ पुस, काठमाडौं । काठमाडौंको नक्शालमा निर्माणाधीन एक होटलको भवनसँगैको सडक भासिएको छ । घटना भयानक भएपनि त्यसले कुनै ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सडकको आधा भाग नै टावरको निर्माणका लागि तयार पारिएको जगमा भासिएर खसेको छ । आइतबार बिहान ६ बजे भएको घटनामा कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।

nakshal-road-1

तर, निर्माणाधीन होटल छेउँको सडक भासिँदा नक्साल भगवती-बालमन्दिर सडकखण्डमा सवारी आवत-जावत रोकिएको छ । प्रहरीले सडक भासिएको क्षेत्र नजिक सर्वसाधारणलाई जान पनि दिएको छैन ।

त्यहाँ भासिएको सडक हेर्नेहरुको भीड लागेको छ । प्रहरी सुरक्षामा खटिएको छ ।

nakshal-road-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment