+
+

तरुण दलका नेता पक्राउको विरोधमा आज पनि बाँके बन्द

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २५ गते १०:१५

२५ पुस, बाँके । प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको विरोधमा तरुण दलले सोमबार पनि बाँके जिल्ला बन्दको आहृवान गरेको छ । युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारकाे आरोपमा प्रहरीले राणालाई पक्राउ गरेपछि तरुण दल बाँकेले आइतबार पनि बाँके बन्द गराएको थियो ।digbijaya-rana

बन्दका कारण बाँकेका नागरिकको दैनिकी प्रभावित भएको छ । बन्दका कारण कोहलपुर लगायतका क्षेत्रमा बजार, यातायात, कलकारखाना सबै ठप्प छन् । शिक्षण संस्था, प्रेस, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, मानवअधिकारकर्मी लगायतलाई बन्दमा छुट दिइएको छ ।

प्रहरीले यसअघि युवासंघकै कार्यकर्ता लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको जनाएपनि घटनाको मुख्य योजनाकारका रुपमा प्रहरीले राणालाई शनिबार अपरान्ह पक्राउ गरेको थियो ।

बुढाथोकीलाई खुकुरी प्रहार गर्ने युवासंघकै कार्यकर्ता मल्ललाई प्रहरीले यसअघि नै काठमाडौंबाट पक्राउ गरिसकेको छ । आरोपी मल्लकै बयानका आधारमा तरुण दल क्षेत्रीय अध्यक्ष राणा र युवासंघका समशेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष ज्ञानबहादुर थापालाई पनि पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

थापा, बुढाथोकी, मल्ल लगायतको टोली कोहलपुरको एक रेष्टुरेन्टमा मदिरा सेवन गरेर फर्किने क्रममा यही पुस १४ गते राति बुढाथोकीलाई मल्लले घाँटीमा खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको बाँकेमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको छ । मल्ललाई काठमाडौंमा लुकेर बसेको अवस्थामा सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?