Comments Add Comment

राजधानीमा खुल्यो नयाँ शैक्षिक परामर्श कम्पनी राइट पाथ

सेवा नै प्राथमिकतामा

rightpath
२५ पुस, काठमाडौं। शैक्षिक परामर्शसहित विदेशमा अध्यापन गराउने उदेश्यले राइट पाथ करियर काउन्सिलिङ संचालनमा आएको छ।

राजधानीको पुतलीसडकमा रहेको यो कन्सल्टेन्सीले अष्ट्रेलिया, भारत, बेलायत, न्यूजिल्याण्ड, क्यानडा,अमेरिका, लाटभिया लगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने जनाएको छ।

कन्सल्टेन्सीको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले आइतबार उद्घाटन गरे। उनले शैक्षिक परामर्शका नाममा बदनाम गराउने उदेश्यले समेत कन्सल्टेन्सी खोल्ने कार्य भएको बताउँदै कन्सल्टेन्सीलार्इ सेवाभाव राखेर संचालनमा ल्याउन आग्रह गरे।

पाण्डेले नेपालमा शैक्षिक परामर्शलार्इ मर्यादित बनाएर अघि बढाउन संघ क्रियाशील रहेको बताउँदै मुलुकको बाध्यात्मक अवस्थामा शैक्षिक परामर्शमार्फत ठूलो राहत पुगेको दाबी गरे।

संघका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले संघको स्थापनासँगै शैक्षिक परामर्श व्यवसायलार्इ व्यवस्थित बनाउन थालिएको बताउँदै स्वदेशमै पनि विदेशी विश्वविद्यालय सम्वन्धन लिएर सेवा सुरु भएको बताए।उनले शैक्षिक परामर्श व्यवसायीले गरेको मुनाफाबाट उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

बरालले पछिल्लो समयमा केही व्यवसायीले विश्वविद्यालय र जलविद्युतमा लगानी थालेको बताउँदै संघले सामूहिक लगानीमा जोड दिएर उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने सुझाब दिए। राइट पाथका अध्यक्ष फिलिप डिसीले मुनाफा भन्दा पनि सेवाभावलार्इ मध्यनजर गरेर कन्सल्टेन्सी संचालन गर्ने प्रतिवद्धता जनाए।

कन्सल्टेन्सीका संचालक सुरज पौडेलले कन्सलेटेन्सी कारोबारलार्इ व्यवस्थित बनाउन संघले समेत अनुगमन गर्नुपर्ने बताउँदै अनुगमन हुन सकेमा नराम्रा व्यवसायी पाखा लाग्ने र राम्रा व्यवसायी अगाडी बढ्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment