Comments Add Comment

पद्मकन्या क्याम्पसमा कुटाकुट

basanta-bhandari-and-sita-mijar
बसन्ता भण्डारी र सीता मिजार (दायाँ)

२५ पुस, काठमाडौं । स्ववियु निर्वाचनको मिति घोषणालगत्तै चुनाव प्रचारमा सक्रिय नेविसंघ र अखिल क्रान्तिकारीबीच पद्मकन्या क्याम्पसमा कुटाकुट भएको छ । दुबै पक्षले आक्रमणमा एकअर्कालाई दोष लगाएका छन् ।

अखिल क्रान्तिकारीले आइतबार र सोमबार लगातार दुई दिन नेविसंघ महामन्त्री साजना अधिकारी नेतृत्वको टोलीले आफ्ना नेता-कार्यकर्ताहरुमाथि आक्रमण गरेर घाइते बनाएको बताएको छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार नेविसंघको आक्रमणबाट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पस अध्यक्ष बसन्ता भण्डारी, केन्द्रीय सदस्यहरु गंगा दाहाल, दर्शना नेपाली, दिपा जोशी र देविका मिजार घाइते भएका छन् ।

प्रवक्ता बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्ववियु निर्वाचन नजिकिदै जाँदा कलेजमा अखिल क्रान्तिकारीको लोकप्रियता र माहौल बढ्दै जान थालेपछि अत्तालिएर नेविसंघका नेता कार्यकर्ताले देखाएको यसप्रकारको अराजनीतिक र निकृष्ट हर्कतको घोर निन्दा र भ्रत्सना गर्दछौं । यस घटनामा अविलम्ब सार्वजनिक रुपमा क्षमा माग्न र दोषी उपर कडा कार्वाही गर्न सम्वन्धित पक्षलाई माग गर्दछौं ।’

यता नेविसंघले भने अखिल क्रान्तिकारीको टोलीले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेर घाइते बनाएको बताएको छ । आक्रमणबाट नेविसंघकी नेतृ सीता मिजार घाइते भएको र उनको मोडेल अस्पतालमा उपचार भइरहेको नेविसंघ इकाइ अध्यक्ष साधना घिमिरेले बताइन् ।

तर, क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पस अध्यक्ष बसन्ता भण्डारीले भने आफूहरुले नेविसंघलाई आक्रमण नगरेको बताइन् । उनले भनिन्, ‘हामीले कसैलाई आक्रमण गरेका छैनौं । बरु मलाई हानिएको ईंटा पर्खालमा लागेर उछुट्टियो र नेविसंघकालाई  लाग्यो । यो सबै प्रत्यक्ष देख्ने पुलिस प्रशासन छ । विद्यार्थीहरु छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment