Comments Add Comment

रक्षामन्त्री खाँणले भने- म स्वास्थ्यमन्त्री भएको भए…!

बुटवलमा निःशुल्क डायलाइसिस सेवा सुरु

balkrishna-khand

२६ पुस, रुपन्देही । लुम्बिनी अञ्चलमै पहिलोपटक मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा बुटवलमा सुरू भएको छ ।

रुपन्देहीको बुटवलमा निजी क्षेत्रबाट सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मिर्गौलाको डायलाइसिस सेवा सुरू गरेको हो ।

रक्षामन्त्री बालकृष्ण खाँणले बुधबार डायलाइसिस सेवाको उदघाटन गरे । उदघाटन कार्यक्रममा मन्त्री खाँणले बिरामीले सहजरुपमा सेवा पाउनेमा आफू ढुक्क रहेका बताए ।

हरेक अस्पतालमा हेलिप्याड हुनुपर्ने भन्दै उनले भने, ‘म स्वास्थ्य मन्त्री भएको भए हरेक अस्पताललाई आफ्नै हेलिप्याड बनाउन निर्देशन दिन्थेँ, त्यस्तो हुँदा बिरामीको ज्यान जान पाउँदैन, छिटो र सहज रुपमा अस्पतालमा पुर्‍याउन सकिन्छ ।’

सवारी जामले कैयौं बिरामीहरुको अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गुमाउनु परेको भन्दै उनले हरेक अस्पतालको आफ्नै हेलिप्याड हुनुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment