Comments Add Comment

रुशमाथि खनिए ट्रम्पका हिमायती

jems-matis

ट्रम्प प्रशासनमा रक्षामन्त्री हुने तयारीमा रहेका जनरल जेम्स म्याटिस र गुप्तचर संस्थाको प्रमुख हुन लागेका माइक पोमपियोले सिनेटको अनुमोदन समिति समक्ष रुशप्रति आक्रोशित देखिएका छन् ।

जनरल म्याटिसले भने कि दोस्रो विश्वयुद्धपछि नेटोमाथि सबैभन्दा धेरै खतरा देखिएको छ, त्यस्तै माइक पोमपियोले रुस युरोपको लागि खतरा बनिरहेको बताए ।

यता अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुश र अमेरिकाबीचको सौहार्द सम्बन्धको अपेक्षा गरेका थिए ।

सिनेको सशस्त्र सेवा समिति समक्ष सुनुवाईका क्रममा जनरल म्याटिसले भने, ‘मलाई लाग्छ कि अहिलेको सबैभन्दा जरुरी कुरा के हो भने हामीले सत्यको स्वीकार गर्नुपर्छ, पुटिन नेटो तोड्न चाहन्छन् ।’

अवकासप्राप्त जनरल म्याटिसले यो पनि भने कि पुटिन नेटो राष्ट्रबीच फाटो ल्याउने प्रयास गरिरहेका छन् । उनले नेटो अहिलेको अवस्थामा इतिहासकै सबैभन्दा प्रभावशाली गठबन्धन भएको दावी गरे । ट्रम्पले ७० बर्ष पुरानो यस गठबन्धनको महत्वमाथि प्रश्न उठाएका थिए ।

अर्कोतर्फ गुप्तचर संस्था सिआइएको निर्देशन हुन लागेका माइक पोमपियोले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र सिआइएबीच भएको आरोप प्रत्यारोपबारेको प्रश्नको सामना गर्नुपर्‍यो ।

mike-pompio

उनले सिनेट समितिसँग भने कि उनलाई अमेरिकाको गुप्तचर संस्थाप्रति पूर्ण विश्वास छ । साथै उनले यो पनि भने कि गुप्तचर एजेन्सीको हृयाकिङको पछाडि रुशी गुप्तचर संस्थाको संग्लग्नता रहेको आरोप ठोष प्रमाणमा आधारित छ ।

उनले भने, ‘म मान्छु, मैले एक बैठकमा सहभागिता जनाएको थिएँ । म जुन बैठकमा सामेल थिए त्यसले राष्ट्रपति निर्वाचितबारे जानकारी दिइएको थियो । जति कुराहरु मैले थाहा पाएँ, मलाई लाग्यो क यो आधार ठोष हो ।’

पोमपियोले यो पनि भनेका छन् कि रुशप्रतिको ट्रम्प प्रशासनको व्यवहारले गुप्तचर संस्थामा कुनै असर पर्नेछैन ।

उनले भने, ‘रुशमाथि हामीले कस्तो व्यवहार गछौं यो नीतिगत कुरा हो, तर यो जरुरी हुन्छ कि एजेन्सीले नीति निर्मातालाई सटिक, सही समयमा पूर्ण र ठोष जानकारी उपलब्ध गराउनुपर्छ र रुशी गतिविधिमाथि हामी संभव भएसम्म स्पष्ट बिश्लेषण दिनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment