Comments Add Comment

कलेजमा ‘माफिया’ लेख्ने नेविसंघ कार्यकर्ता पक्राउ

नियमविपरित भर्ना लिएर परीक्षाबाट बन्चित गराएको आरोप

१७ चैत, काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुन बन्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवराज त्रिपाठीको अगुवाइमा नेविसंघका कार्यकर्ताहरुले बिभिन्न कलेजहरुमा कालो ब्यानर राख्दै ‘माफिया’ लेखेका थिए ।

त्रिपाठीसहित १० जना नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार रत्नराज्य स्कुल अगाडिको सडकबाट नियन्त्रणमा लिएको छ । आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर टेकु पुर्‍याएको त्रिपाठीले बताए ।

एपेक्स, एस, राजधानी, युनिग्लोब लगायतका कलेजहरुमा कालो ब्यानेर राख्ने र माफिया लेख्ने काम गरेको त्रिपाठीले बताए । एपेक्स कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको लगानीको कलेज हो ।

‘नियम विपरित क्याम्पसले भर्ना लिएका विद्यार्थी ३९१ जना छन् । उनीहरुको परीक्षा पोखरा विश्वविद्यालयले नलिने भएकाले विद्यार्थी अलपत्र परेका छन्,’ त्रिपाठीले भने, ‘त्यसैले विरोधको कार्यक्रम गर्नुपरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment