Comments Add Comment

पुनर्निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

jagadamba-kk
२९ पुस, काठमाडौं । जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने प्राविधिक जानकारी दिन निर्माणकर्मी भेटघाट कार्यक्रम नुवाकोटमा गरेको छ ।

पुनर्निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माणकर्मीहरुले पुर्‍याउनुपर्ने प्रविधिक तथा चेतनामुलक जानकारी प्रदान गनर् कार्यक्रम गरिएको थियो ।

यस्ता सन्देशमुलक कार्यक्रम लिएर जगदम्बा सिमेन्ट पुन निर्माणको यो महा-अभियानमा लागी गर्न दृढ रहेको कम्पनीका व्राण्ड मेनेजर जगन्नाथ दाहालले बताए । संरचनाको दिगोपनले नै देश सम्मृद्ध हुने सभापति रोशन पाठकले बताए ।

“आऔं सबै मिली देश बनाऔं” भन्ने नाराका साथ भएको कार्यक्रममा २०० भन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैर-सरकारी संस्था उच्च पदस्त व्यक्तिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment